Culture

महाकवि देवकोटा पुरस्कार सम्बन्धी कार्यविधि

Archive date: नेपाली · NepaliRecord 4106
हरेक राष्ट्रको विकास र समृद्धिमा सर्जकहरूको योगदान उल्लेखनीय हुन्छ । राष्ट्रिय जीवनका विविध क्षेत्रहरूमा विशिष्ट योगदान पुयाउने स्रष्टाहरूले गरेका कार्यहरूको उचित सम्मान गरिनुका साथै तिनका कृतिहरूको अध्ययन अनुसन्धान, प्रकाशन तथा प्रचारप्रसार हुनु आवश्यक हुन्छ । यसप्रकारको योगदान दिने विशिष्ट स्रष्टाहरूका स्मृतिमा सम्मान र पुरस्कार स्थापना गंदा महाकवि स्वयम र यस पुरस्कारद्वारा पुरस्कृत हुनु हुने स्राष्टाहरूको समान रूपमा सम्मान हुन्छ भन्ने हामीलाई लाग्दछ । यसै वास्तविकतालाई ध्यानमा राखी नेपाल सरकारले महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा विभिन्न पांच विषयक्षेत्रमा १ लाखका दरले पुरस्कार प्रदान गर्ने गरी महाकवि देवकोटा पुरस्कारको स्थापना गरेको हो । कागजात डाउनलोड गर्नुहोस्