Culture

भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार :- मापदण्ड तथा कार्यविधि २०७३

Archive date: नेपाली · NepaliRecord 4112
हरेक राष्ट्रको विकास र समृद्धिमा राजनीतिक, सामाजिक र सांस्कृतिक लगायतका क्षेत्रमा सम्बद्ध व्यक्तित्वहरूबाट महत्वपूर्ण योगदान भएको हुन्छ । जनआकांक्षा मुताविक राष्ट्रको सर्वतोमुखी विकास, न्याय, समानता र सद्भावयुक्त समाजको निमार्णमा विभिन्न क्षेत्रवाट भएका योगदानहरूको उच्च मूल्यांकन गर्नुपर्ने हुन्छ । यसरी योगदान गर्नेहरूका नाममा विभिन्न प्रकारका पुरस्कारको स्थापना गर्ने लगायतका कार्यहरू मार्फत योगदानप्रतिको कदर र योगदानकर्ताको उचित सम्मान गर्नु सम्बन्धित राज्यको दायित्वभित्र पर्दछ । यसै सन्दर्भमा नेपाल सरकारले दलित मुक्ति आन्दोलनका अग्रणी संस्थापक नेता अगुवा भगत सर्वजित विश्वकर्माले सामाजिक न्याय, समानता र लोकतन्त्रका निम्ति गरेको योगदानको उच्च मुल्यांकन गर्दै नेपाली दलित समुदायको मात्र नभई राष्ट्रिय एकता, सामाजिक सद्भाव, लोकतन्त्र र मानव मर्यादाका पक्षपाती भगत सर्वजितको सम्मान र सम्पूर्ण नेपाली जनताको भावनालाई कदर गर्दै नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तर को मिति २०७२।०५।०२ को निर्णयद्वारा 'भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको छ यस प्रयोजनका लागि नेपाल सरकार (सचिवस्तर) मिति २०७२ ०१ ०५ को निर्णयानुसार पुरस्कार प्रदान गरिने क्षेत्र, पुरस्कारको नाम र मापदण्ड निर्धारण तथा पुरस्कार प्रदान गर्ने कार्यविधि तर्जुमा गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय संस्कृति महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको थियो । कागजात डाउनलोड गर्नुहोस्