Tourism

प्रतिवेदन_ नेपालको पर्वतीय पर्यटन (पर्वतारोहण) सुधार सुझाब समिति २०७६

Archive date: नेपाली · NepaliRecord 4125
प्रथम पटक सगरमाथामा मानव पाइला पुगे पछिको समयबाट विषेश रुपमा नेपालको पर्वतीय पर्यटन ( पर्वतारोहण) का कार्यलाई व्यवस्थित बनाउने कार्यको थालनी भयो । साहसिक पर्यटनको मुख्य आकर्षणका रुपमा रहेको पर्वतारोहणका लागि नेपालका हिमालहरु योग्य रहेका र यसबाट यस हिमाली देश नेपालले बहुआयामिक लाभ लिन सक्ने बुझाईको परिणाम नै पर्यटन ऐन, २०३५. पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ र पर्यटकहरुको खोज, उद्दार, उपचार तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७५ लगायतका कानूनी प्रबन्धहरु हुन । यस्ता कानूनहरुमा प्रबन्धित व्यवस्था प्रभावकारी रुपले कार्यान्वय गर्दाका वखत समेत यस क्षेत्रमा कतिपय विषयहरुको उठान भएको । यसरी पर्वतारोहणका क्षेत्रमा उठेका विषय तथा समस्याहरुको अध्ययन गरी उल्लिखित समस्याहरुको सम्बोधन गर्ने उपाय समेत सुझाउन सम्माननीय प्रधानमन्त्री तथा संस्कृति. पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूको मिति २०७६ । २।२४ गतेको निर्णयानुसार यो समिति गठन भएको हो । यस समितिले विभिन्न सरोकारवाला निकाय तथा व्यक्तिहरु समेतबाट संकलन गरेका सुझावहरुले नेपालको पर्वतीय पर्यटन (पर्वतारोहण का क्षेत्रमा पछिल्लो समयमा देखा परेका समस्याहरु र समस्या समाधानका उपायहरू तथा नविनतम विषयलाई समेट्ने हुनाले सरकारले उक्त सुझाबहरु कार्यान्वयन गरी नेपालको पर्वतीय पर्यटन पर्वतारोहण को क्षेत्र सुरक्षित र समयानुकूल रहेको विश्वास विश्व समुदायलाई दिलाउन सक्ने हुँदा तथा सुझाव समितिको प्रतिवेदनले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । 307