नेपालमा पर्यटन क्षेत्रको ईतिहास हेर्दा वि.सं. २००७ साल पछि नेपालमा विदेशी पर्यटकहरु आउन थालेको पाईन्छ । यस पछि पर्यटन क्षेत्रका कार्यक्रमहरुलाई व्यवस्थित ढंगले अगाडि बढाउन वि.सं. २०१६ सालमा पर्यटन बोर्डको स्थापना भएको थियो । वि.सं. २०१८ सालमा निर्माण तथा यातायात मन्त्रालय अन्तर्गत पर्यटन विभाग गठन गरिएको थियो । वि.सं. २०२९ को पर्यटन गुरुयोजना र प्रशासन सुधार आयोग, २०३३ को सिफारिस समेतका आधारमा पर्यटन क्षेत्रको योजनाबद्ध विकास तथा प्रवर्द्धन गर्न केन्द्रीय पर्यटन प्रशासनिक निकायको रुपमा वि.सं. २०३४ सालमा पर्यटन मन्त्रालयको स्थापना भएको पाइन्छ । वि.सं. २०३९ सालमा निर्माण तथा यातायात मन्त्रालय अन्तर्गतको हवाई विभागलाई समेत समावेश गरी पर्यटन तथा नागरिक उड्यन मन्त्रालय नामाकरण गरियो । मुलुकले अवलम्बन गरेको खुला बजारमुखी अर्थतन्त्रमा सरकारको भूमिका र कार्यक्षेत्रलाई व्यवस्थित गर्न वि.सं. २०५५ सालमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका २ (दुई) वटा विभागहरु हवाई विभाग र पर्यटन विभागलाई खारेज गरी क्रमशः नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल पर्यटन बोर्डको स्थापना गरियो । वि.सं. २०५७ सालदेखि संस्कृति क्षेत्रको समेत कार्य गर्ने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रुपमा नामाकरण गरियो भने वि.स. २०६५ मा यस मन्त्रालयबाट संस्कृति झिकिएकोमा पुनः २०६८ साल देखि संस्कृति समेत यसै मन्त्रालयमा राखी वर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रुपमा कायम भएको हो ।
कागजात डाउनलोड गर्नुहोस्
Civil Aviation / Culture / Tourism
