Tourism

उपभोक्ता समितिबाट पर्यटन पुर्वाधार बिकास निर्माणसम्बन्धी कार्य गराउने कार्यविधि, २०७१ (संशोधन सहित)

Archive date: नेपाली · NepaliRecord 4144
प्रस्तावना : नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग अन्तरगत सञ्चालन हुने पूर्वाधार सम्बन्धि निर्माण कार्य उपभोक्ता समितिको जिम्मेवारीमा गर्ने व्यवस्था गर्न कार्यविधिको आवश्यक परेको, सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ को उपनियम (१४) अनुसार उपभोक्ता समिति वा लाभग्राही समुदायबाट काम गराउँदा सार्वजनिक निकायले देहायको विषयका सम्बन्धमा अपनाउनु पर्ने कार्यविधि सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्धारण गर्न सक्ने व्यवस्था गरेको : क) श्रम मुलक कामको निर्धारण,  ख) उपभोक्ता समिति वा लाभग्राही समुदायको गठन विधि र काम, कर्तव्य र अधिकार,   ग) काम वा सेवामा मितव्ययिता, गुणस्तरीयता, दिगोपन अभिबृद्धिगर्ने तरिका,  घ) आम्दानी खर्चको अभिलेख राख्ने,  ङ) काम वा सेवाको सुपरिवेक्षण र अनुगमन, च) निमार्ण कार्यको फरफारक र जाँचपास र  छ) अन्य आवश्यक कुराहरु सार्वजनिक खरिद अनुगमन कार्यालयबाट उक्त उपनियम (१४) अनुसारको कार्यविधि तयार भई नसकेको अवस्था रहेकाले उक्त कार्यालयको सहमतिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग अन्तरगत सञ्चालन हुने पूर्वाधार सम्बन्धि निर्माण कार्य उपभोक्ता समिति मार्फत गर्ने गराउने प्रयोजनका लागी यो उपभोक्ता समितिबाट पर्यटन पुर्वाधार विकासनिर्माणसम्बन्धी कार्य गराउने कार्यविधि, २०७१ बनाई जारी गरिएको छ । 142