प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनको कार्यान्वयनमा सहयोग पुग्याई परियोजनाले परिलक्षित गरेको लक्ष्य हासिल गर्न परियोजना कार्यान्वयन म्यानुअल (Project Implementation Manual PIM) तयार गरिएको छ। यस म्यानुअलमा परियोजना दस्तावेजमा उल्लेखित विषयवस्तुलाई कार्यान्वयन गर्न आवश्यकता अनुसार थप व्याख्या एवं विस्तृतीकरण गरिएको छ । कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनका विभिन्न चरणहरूको उल्लेख गरी परियोजनाको नतिजामूलक व्यवस्थापनको लागि परियोजना कार्यान्वयन म्यानुअल तयार गरिएको छ। परियोजना कार्यान्वयनको क्रममा भएका सिकाइ तथा देखापरेका समस्या एवं द्विविधाहरु सम्बन्धमा परियोजना निर्देशक समितिबाट भएका निर्णयहरुका आधारमा परियोजना कार्यान्वयन म्यानुअल तयार गरिएको छ। यो म्यानुअल परियोजना कार्यान्वयनको लागि गतिशील मार्गदर्शन हुने भएकोले यसमा समय सापेक्ष परिमार्जन र अद्यावधिक यस हुँदै जानेछ । परियोजना कार्यान्वयन म्यानुअलले परियोजनाले सञ्चालन गर्ने क्रियाकलापको सञ्चालन निर्देशन र प्रक्रियाको निर्धारण गर्नेछ । यसले परियोजना सम्बन्धी आधारभूत सर्वेक्षण परियोजनाका विभिन्न संभागहरुको निर्धारण, छनौट, कार्यान्वयन, व्यवस्थापन, अनुगमन तथा मूल्याङ्कन, प्राविधिक सेवा र परियोजना सम्बन्धी विभिन्न कार्यहरुको लागि आवश्यक मार्गदर्शन गर्नेछ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको विभिन्न तह र सम्भाग अन्तर्गत कार्यरत कर्मचारी एवं सरोकारवालाहरुको आवश्यकतालाई ध्यानमा राखी परियोजनाको प्रभावकारी कार्यान्वयनमा टेवा पुल्याउन यो परियोजना कार्यान्वयन म्यानुअल तयार गरिएको छ ।
कागजात डाउनलोड गर्नुहोस्
Agriculture
