कृषि उपजहरुको गुणस्तर कायम गर्न, उत्पादन उप्रान्त क्षति न्यूनिकरण गर्न तथा स्थानिय कृषि उपजहरुको बाह्रै महिना उपलब्धता सुनिश्चित गरी आयात प्रतिस्थापन गर्न शित भण्डारहरुको निर्माण तथा कृषि उपजहरुको भण्डारण कार्यमा सरकारले कृषक समूह, सहकारी तथा निजी उद्दमीहरुलाई प्रोत्साहन गर्ने नीति लिएको छ। नेपाल सरकार मन्त्रिपरिषदको मिति २०५४/१२/०६ को निर्णयानुसार कृषि व्यवसायमा आधारित शित गृह र दुग्ध चिस्यान केन्द्रहरुको विद्युत महशुलमा ५० प्रतिशत नेपाल सरकारबाट अनुदान दिने नीति अनुसार व्यवसायिक तथा बजारमुखी उत्पादनहरुलाई बजार र उपभोक्ताको माग अनुसार आपूर्तिलाई सहज, प्रतिस्पर्धी तथा गुणस्तरिय बनाउने अभिप्रायले शितघर तथा दुग्ध चिस्यान केन्द्रमा प्रयोग हुने विद्युतमा अनुदान दिने सम्बन्धी कार्यक्रम सञ्चालन गर्न वान्छनिय भएकोले यो कार्यविधि तयार गरी लागु गरिएको छ ।
कागजात डाउनलोड गर्नुहोस्
Agriculture
