अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ९(१) अनुसार नेपाल सरकारले प्रदेश र स्थानीय तहमा सशर्त अनुदान रकम पठाउने व्यवस्था अनुसार कृषि तथा पशुपन्छी विकास तर्फका कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले स्थानीय तहमा वजेट विनियोजन भएको छ । यस क्षेत्रमा विनियोजित सशर्त बजेट उपयोग गरी वर्षेनी प्रजननका लागि आयात भइरहेका उन्नत जातका बोकाहरुको प्रतिस्थापन गर्दै स्थानीय बाखाहरुको उत्पादकत्व समेत वृद्धि गर्ने उद्देश्यले यो लागत साझेदारीमा बाच्छा स्रोत केन्द्र विकास कार्यक्रम सञ्चालनमा ल्याइएको हो । उक्त कार्यक्रम कार्यान्वयन गर्न सहजीकरण गर्ने उद्देश्यले 'लागत साझेदारीमा बाखा स्रोत केन्द्र विकास कार्यक्रम कार्यसञ्चालन प्रक्रिया सम्बन्धी मार्गदर्शन, २०७७" नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७७/०५/०५ गतेको निर्णय बमोजिम कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्वीकृत गरेको छ ।
कागजात डाउनलोड गर्नुहोस्
Agriculture
