Agriculture

पशु सेवा विभाग अन्तरगत पशु उत्पादन निर्देशनालयवाट संचालित गाई भैंसीको वंश सुधार, संरक्षण एवं मासु उत्पादनको लागि पाडा हुर्काउने कार्यक्रम संचालन निर्देशिका, २०७०

Archive date: नेपाली · NepaliRecord 4274
देशमा जनसंख्या वृद्धि एवं शहरीकरणको साथै पोषणयुक्त पशुपंक्षीजन्य पदार्थको माग दिनानुदिन बढदै गइरहेको र माग अनुसार देशभित्रै उत्पादन एवं आपूर्ति हुन नसक्दा त्यस्ता पशुपंक्षीजन्य पदार्थहरु विदेशबाट समेत आयात भै रहेको छ । देश भित्र नै पशुपंक्षीजन्य पदार्थहरु खास गरी दुध र मासुको उत्पादन बढाई आपूर्ति व्यवस्था मिलाउनु अति आवश्यक भएको र राष्ट्रिय कृषि नीति, २०६१, कृषि व्यवसाय प्रवर्द्धन नीति, २०६३, दुग्ध विकास नीति, २०६४ तथा दिर्घकालिन कृषि योजनाको सोच एवं उद्देश्यहरु अनुरुप पनि पशुपंक्षीहरुको उत्पादन क्षमता वृद्धि गरी माग अनुसार गुणस्तरीय पशुपक्षीजन्य पदार्थहरुको सहज आपूर्ति एवं निर्यात प्रवर्द्धन गर्न साझेदारीको अवधारणा अनुरुप निजी उद्यमी कम्पनी समूह समिति सहकारी स्थानीय निकाय गैर सरकारी संघ संस्थाहरुसंगको सहकार्यमा वृहत एवं प्रतिस्पर्धात्मक रुपमा मासुको लागि पाडा हुर्काउने, उत्पादनशिल थारा भैसी संरक्षण तथा दुधालु गाई भैसी वंश सुधार जस्ता कार्यक्रमहरु व्यवसायिक रुपमा सन्चालनको लागि देहायका निर्देशिका जारी गरेको छ । कागजात डाउनलोड गर्नुहोस्