"दूध उत्पादनका मुख्य आधार कृत्रिम गर्भाधानद्वारा नश्ल सुधार" मुख्य नाराका साथ सञ्चालन भएको अभियान कार्यक्रमको मुख्य समस्या पर्याप्त परिमाणमा तरल नाईट्रोजन आपूर्ति नहनु नै हो । आ.व. २०६९/०७० मा ६० जिल्लाहरुमा कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन गर्दा तथा ४,२५,००० डोज जमेको बीर्य उत्पादन गर्दा १,०६,००८ लीटर तरल नाइट्रोजन आपूर्ति भएको देखिन्छ । त्यस्तै गत आ.व. २०७० / २०७१ मा तरल नाइट्रोजनको कुल खपत १५२४०७ लीटर भएको छ जसमध्ये १३५८८१ लीटर खरीद गरिएको छ भने १६५२६ लीटर साना सरकारी स्तरमा सञ्चालित प्लान्टहरुबाट उत्पादन भएको देखिन्छ । यस आ.व. मा कुल ६१ जिल्लाहरुमा ८८१ कृत्रिम गर्भाधान केन्द्रहरुबाट १०६० कृत्रिम गर्भाधानकर्ताहरुद्धारा सेवा सञ्चालन गर्दा कम्तीमा १,५०,००० कृषक परिवारहरुमा सेवा पुग्ने देखिन्छ । बर्षेनी सेवा पुऱ्याइने कृषक परिवारको संख्यामा वृद्धिका साथै तरल नाइट्रोजनको मागमा समेत उल्लेखनीय वृद्धि हुने क्रमलाई ठोस कार्ययोजना सहितको कार्यक्रमबाट सम्बोधन नगरी आगामी वर्षहरुमा कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन गर्न नै समस्या पर्ने देखी आ.व. ०७०/७१ मा नेपाल सरकारको बजेटबाट, कृषि विकास मन्त्रालय, पशु सेवा विभाग र पशु उत्पादन निर्देशनालयमा विभिन्न मितिमा भएको छलफलबाट आएको निचोड र निर्णयानुसार, सार्वजनिक नीजि अवधारणामा तरल नाइट्रोजनको प्लान्ट स्थापना तथा सञ्चालन गर्ने कार्यक्रम स्वीकत भै नेपाल सरकारकै स्वामित्वमा तरल नाइट्रोजन प्लान्ट रहने गरी प्लान्ट सञ्चालनका लागि सार्वजनिक नीजि अवधारणामा प्लान्ट सञ्चालन गर्ने गरी आ.व. २०७०/७१ मा प्लान्टका लागि आवश्यक पर्ने मेशिनरी औजार खरिद भै आ.व. २०७१/७२ मा प्लान्ट जडान गर्ने कार्य प्रक्रियागत रुपमा अगाडी बढिरहेको सन्दर्भमा सहकार्यमा तरल नाइट्रोजन प्लान्ट सञ्चालन, तरल नाइट्रोजन उत्पादन तथा वितरणका लागि निश्चित मापदण्ड प्रक्रिया, विधि तथा विधान आदिलाई समेटी "सहकार्यमा तरल नाइट्रोजन प्लान्ट सञ्चालन, उत्पादन तथा आपूर्ति व्यवस्थापन कार्यक्रम सञ्चालन निर्देशिका २०७१ जारी गरिएको छ ।
कागजात डाउनलोड गर्नुहोस्
Agriculture
