सर्वोच्च अदालतबाट निवेदक अधिवक्ता बाबुराम अर्याल समेत विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय समेत भएको रिट नं. ०६९-WO-०२६८ को उत्प्रेषणयुक्त परमादेश विषयको निवेदनमा २०७२।१०।२१ मा कानून बमोजिम कुनै अपराध अनुसन्धानको सिलसिलामा जरूरी भै सूचनामा पहुँचको लागि अनुमति दिने प्रयोजनको लागि कानूनमा अन्यथा व्यवस्था नभएसम्म सम्बन्धित जिल्ला अदालतवाट अनुमति लिने व्यवस्था मिलाउनु भनी भएको आदेश कार्यान्वयनमा सहजता ल्याउन, व्यक्तिको निजी सूचनामा पहुँचलाई व्यवस्थित गर्न र सो सम्बन्धी कार्यविधिमा एकरुपता कायम गर्न वाञ्छनीय भएकोले, सर्वोच्च अदालत नियमावली, २०४९ को नियम १९६ ले दिएको अधिकार प्रयोग गरी सर्वोच्च अदालतले देहायको निर्देशिका जारी गरेको छ ।
सूचनामा_पहुँच_सम्वन्धी_निर्देशिका,२०७४
Judiciary
