Justice

न्यायाधीशको आचार संहिता, २०७४

Archive date: नेपाली · NepaliRecord 4347
प्रस्तावना : स्वतन्त्र, निष्पक्ष र सक्षम न्याय प्रणालीको माध्यमबाट कानूनको शासन, मानव अधिकार तथा संवैधानिक मूल्य मान्यताहरूको संरक्षण र सम्बर्द्धन गर्न प्रभावकारी र उत्तरदायी न्याय व्यवस्था मार्फत न्यायमा पहुँच अभिवृद्धि गर्न; न्यायपालिकाको जनआस्था र प्रतिष्ठालाई उच्च राख्ने सन्दर्भमा व्यक्तिगत तथा सामूहिक रुपमा समेत न्यायाधीशहरूद्वारा न्यायिक पदलाई सार्वजनिक उत्तरदायित्वको पदको रुपमा कायम गर्न, र न्यायाधीशहरूको आचरण एवं व्यवहारका विषयमा आधारभूत सिद्धान्त तथा मानकहरू निर्धारण गरी अन्तर्राष्ट्रियस्तरमा विकसित सिद्धान्त एवं मुलुकभित्र विद्यमान प्रचलन, व्यवहार, न्यायिक संस्कृति समेतलाई समेटी न्यायाधीशको आचार संहिता बनाई लागू गर्न वाञ्छनीय भएकोले न्यायाधीशको आचारसंहिता, २०६५ को मर्मलाई अङ्गीकार गर्दै न्याय परिषद ऐन, २०७४ को दफा ३३ को खण्ड (घ) ले दिएको अधिकार प्रयोग गरी न्याय परिषदले यो आचारसंहिता जारी गरेको छ । कागजात डाउनलोड गर्नुहोस्