Judiciary / Nepal Bar

कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता लागू गर्ने सम्बन्धी निर्देशिका २०७४

Archive date: नेपाली · NepaliRecord 4393
महान्यायाधिवक्ताको कार्यालय तथा मातहतका सरकारी वकीलहरु तथा अन्य कर्मचारीहरुलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता उपलब्ध गराउनको लागि यस कार्यालयबाट स्वीकृत गरिएको सरकारी वकीलहरुको लागि व्यवसायिक भत्ताको औचित्यतामा उल्लेखित मापदण्डका आधारमा प्रोत्साहन भत्ता उपलब्ध गराई पाउन अनुरोध गरी पठाइएकोमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको मिति २०७४/१०/१३ को पत्रबाट नेपाल सरकारको मिति २०७४/०९/२८ गतेको निर्णयानुसार आ.व. २०७४ । २०७५ को लागि शुरु तलवको ५०% सम्म कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएको भनि निर्णयको प्रतिलिपि समेत प्राप्त हुन आएको हुँदा सरकारी वकीलहरुको लागि व्यवसायिक भत्ताको औचित्यतामा उल्लेखित मापदण्डको आधारमा महान्यायाधिवक्ताको कार्यालय र मातहत सरकारी वकील कार्यालयमा कार्यरत सरकारी वकील र अन्य कर्मचारीलाई वितरण गरिने प्रोत्साहन भत्ता वितरणमा सहजता कायम गर्न र सो वितरण कार्यलाई व्यवस्थित गर्न वान्छनीय भएकोले महान्यायाधिवक्ताको कार्यालयले देहाय बमोजिमको निर्देशिका बनाएको छ । कार्यसम्पादनमा-आधारित-प्रोत्साहन-भत्ता-लागू-गर्ने-सम्बन्धी-निर्देशिका-२०७४