Transportation

प्रदेश नं. १ प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६

Archive date: नेपाली · NepaliRecord 4563
प्रस्तावना : चालक अनुमति पत्र, नवीकरण तथा प्रदेश भित्र सवारी दर्ता, नामसारी, नवीकरण भई सञ्चालन हुने सवारी साधनको व्यवस्थित, मर्यादित, अनुशासित तरिकाले सञ्चालन, नियमन, व्यवस्थापन, सर्वसाधारणलाई सहज, सरल र सुविधायुक्त यातायात सेवा उपलब्ध गराउन, सार्वजानिक यातायातको रुट अनुमती, गुणस्तर, भाडा निर्धारण र नियमन तथा सवारी साधनमा लगानी भएको नेपाली श्रम र पूँजीलाई संरक्षण, प्रर्वद्धन तथा विकास गर्न, यातायात क्षेत्रमा रोजगारी सृजना गरी संरक्षण गर्न, सवारी दुर्घटनालाई न्यूनीकरण गर्न, सडक सुरक्षा तथा सुशासनको प्रत्याभूति रज्जुमार्ग, जलमार्ग लगायतका वैकल्पिक यातायात प्रविधिको प्रवर्द्धन, योजना र आयोजनालाई सुदृढ, सक्षम तथा प्रभावकारी बनाउन कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले. प्रदेश नं. १ को प्रदेश सभाले यो ऐन बनाई लागू गरेको छ । प्रदेश_सवारी_तथा_यातायात_व्यवस्था_ऐन_२०७६