प्रस्तावना : नेपालको संविधानद्वारा प्रत्याभूत गरिएको जनताको अभिव्यक्ति, स्वतन्त्रता तथा सुसूचित हुन पाउने हकलाई संरक्षण एवं सम्बर्धन गर्नका लागि विद्युतीय प्रसारण प्रणालीको माध्यमबाट मुलुकको आर्थिक, सामाजिक तथा सांस्कृतिक लगायत अन्य विविध क्रियाकलापलाई जनसमक्ष पुण्याई सबै जाति, भाषा, लिङ्ग वर्ग, क्षेत्र र धार्मिक सम्प्रदायबीच समानता कायम गर्न, आपसी सद्भाव र सामन्जस्यताको वातावरण सृजना गरी ज्ञान, सीपको अभिवृद्धि गर्न र जनचेतना जगाउन, निष्पक्ष स्वतन्त्र एवं अधिकारिक समाचार, सूचना र मनोरञ्जनको पहुँचलाई जनता समक्ष विस्तार गर्ने सम्बन्धमा रेडियो, एफ. एम. तथा टेलिभिजनको अनुमति, संचालन, नविकरण र नियमनका लागि आवश्यक कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा १७५ बमोजिम प्रदेश नं १ को प्रदेश सभाले यो ऐन बनाई लागू गरेको छ ।
प्रदेश_रेडियो_एफ.एम._र_टेलिभिजन_प्रसारण_सम्बन्धी_ऐन_२०७५(1)
Communication
