प्रस्तावनाः प्रदेश भित्रको राष्ट्रिय वनलाई प्रदेश सरकारद्वारा व्यवस्थित वन, चक्ला वन, चुरे सहित वन संरक्षण क्षेत्र, सामुदायिक वन, साझेदारी वन, कबुलियती वन र धार्मिक वन व्यवस्थापन पद्धतिहरु अपनाई प्रदेशभित्रको वन, वन्यजन्तु, वनस्पति, जलाधार तथा नदीजन्य पदार्थको संरक्षण एवं दिगो व्यवस्थापन गर्दै वन पैदावारको न्यायोचित वितरण गरी जनताको वनजन्य आवश्यकता पूरा गर्न, स्वस्थ्य वातावरणको प्रवर्द्धन गर्न, अर्थतन्त्रमा टेवा पुयाउन सार्वजनिक वन, निजी वन तथा निजी रुखको संरक्षण, विकास र सदुपयोगमा सहयोग पुयाउन वाञ्छनीय भएकोले, प्रदेश नं. दुईको प्रदेश सभाले यो ऐन बनाएको छ ।
download fa
Forest
