प्रस्तावनाः प्रदेशको सार्वजनिक मामिलालाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र जनसहभागितामूलक बनाउदै प्रदेशवाट प्राप्त हुने सेवा सुविधामा नागरिकको समान र सहज पहुँच सुनिश्चित गर्न तथा कानूनको शासन, चुस्त प्रशासन, विकेन्द्रीकरण, आर्थिक अनुशासन तथा सार्वजनिक कार्य र स्रोतको कुशल व्यवस्थापन जस्ता असल शासनका आधारभूत मान्यतालाई आत्मसात् गरी सुशासन पाउने नागरिकको अधिकारलाई व्यवहारमा उतारी कार्यान्वयनमा ल्याउन र प्रशासन संयन्त्रलाई सेवाप्रदायक संयन्त्र तथा सहजकर्ताको रुपमा रुपान्तरण गरी प्रदेशमा जनलोकपालको प्रत्याभूति दिन जनलोकपाल आयोग सम्बन्धी कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, प्रदेश नं. दुई को प्रदेश सभाले यो ऐन बनाएको छ ।
प्रदेश जनलोकपाल ऐन २०७७
Federal Affairs
