Education

बागमती प्रदेश-पाठ्यक्रम तथा पाठ्यसामग्री विकास निर्देशिका, २०७७

Archive date: नेपाली · NepaliRecord 4883
प्रस्तावनाः प्रदेशको संस्कृति, पर्यटन, उद्योग र व्यवसाय अनुरुप माध्यमिक तहको ऐच्छिक विषयको पाठ्यक्रम र पाठ्यसामग्रीको विकास, परिमार्जन र व्यवस्थापन गरी प्रदेशभित्रको पठनपाठनलाई गुणस्तरीय, समसामयिक, सान्दर्भिक र समावेशी बनाउने अभिप्रायले नेपाल सरकारको राष्ट्रिय शिक्षा नीति, २०७६ को भावना अनुकूल हुनेगरी राष्ट्रिय पाठ्यक्रमका प्रारुपको परिधि भित्र रही पाठ्यक्रम तथा पाठ्यसामग्रीको विकास निर्देशिका बनाउनु वाञ्छनीय भएकोले, प्रदेश प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले यो निर्देशिका बनाएको छ । पाठ्यक्रम तथा पाठ्यसामग्री विकास निर्देशिका, २०७७