General Administration

बागमती प्रदेश-व्यवस्थापन परीक्षण कार्यविधि, २०७७

Archive date: नेपाली · NepaliRecord 4886
प्रस्तावनाः प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत प्रदेश निजामती कर्मचारीबाट व्यवस्थापकीय काम कारबाही सम्पन्न गर्दा प्रचलित कानून, नियम र कार्यविधि पालना गराई मानवीय र भौतिक श्रोत साधनको व्यवस्थापन गर्दै नतिजामुखी बनाउने, प्रशासकीय काम कानूनी राज्यको अवधारणा अनुसार सञ्चालन गर्न र व्यवस्थापन परीक्षण सम्बन्धी कार्यलाई व्यवस्थित तुल्याउने उद्देश्यले प्रदेश प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५ को दफा ४ ले दिएको अधिकारको प्रयोग गरी बागमती प्रदेश सरकारले देहायको कार्यविधि बनाएको छ । व्यवस्थापन परीक्षण कार्यविधि, २०७७