Energy

बागमती प्रदेश-वैकल्पिक ऊर्जा प्रणाली अनुदान परिचालन तथा कार्य सञ्चालन कार्यविधि, २०७७

Archive date: नेपाली · NepaliRecord 4889
प्रस्तावनाः नेपालको संविधानको धारा ५१ को खण्ड (छ) को उपखण्ड (३) को नीतिलाई आत्मसाथ गर्दै प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८ को बजेट वक्तव्यको बुँदा नं. १४८ बाट बागमती प्रदेश पूर्ण उज्यालो कार्यक्रम मार्फत स्थानीय तहका सबै वडामा आगामी आर्थिक वर्ष भित्र विद्युत वा वैकल्पिक ऊर्जाबाट उज्यालो पुयाउने कार्यक्रम बमोजिम प्रदेशभित्र वैकल्पिक ऊर्जा प्रविधि जडानलाई प्रोत्साहनका लागि अनुदान उपलब्ध गराउने कानूनी व्यवस्थाका लागि प्रदेश विनियोजन ऐन, २०७७ को दफा १० ले दिएको अधिकार प्रयोग गरी प्रदेश सरकारले देहायको कार्यविधि बनाएको छ । वैकल्पिक ऊर्जा प्रणाली अनुदान परिचालन तथा कार्य सञ्चालन कार्यविधि, २०७७